सोलुखुम्बुका ४९ वर्षीय पासाङदावा (पादावा) शेर्पाले सगरमाथाको ३०औं पटक सफल आरोहण गर्दै विश्वकै दोस्रो सर्वाधिक पटक शिखर चुम्ने आरोही बनेका छन्। उनी सोमबार बिहान विदेशी र नेपाली टोलीसँगै शिखर पुगेका थिए।
ट्याग नेपाल एक्सपिडिसनका अनुसार उनी हाल आधार शिविर फर्किँदै छन् र यही सिजनमा थप आरोहण गर्नेबारे छलफल भइरहेको छ। यदि उनले फेरि आरोहण गरे भने कामीरिता शेर्पाको ३२ पटकको कीर्तिमान नजिक पुग्नेछन्।
यसअघि पनि पादावाले एकै सिजनमा दुई पटक सगरमाथा चढिसकेका छन्। कामीरिता शेर्पा भने हाल ३२ पटकको कीर्तिमानसहित शीर्ष स्थानमा छन्।


