काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पुनः श्रम स्वीकृति प्रक्रियालाई पूर्ण रूपमा स्वचालित बनाउने तयारी गरेको छ। मन्त्रालयले यससम्बन्धी नीतिगत र प्राविधिक काम अन्तिम चरणमा पुगेको जनाएको छ।
यस्तै, वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउन नेपालले सात देशसँग नयाँ श्रम सम्झौताको प्रक्रिया अघि बढाएको छ। श्रमिकको सुरक्षा र स्वास्थ्य अवस्थाको अनुगमनका लागि १०० वटा संस्थामा श्रम अडिट पनि सुरु गरिएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयले रोजगार सेवा केन्द्रलाई ‘सीप, रोजगार तथा उद्यम प्रवर्द्धन केन्द्र’का रूपमा विकास गर्ने तयारीसमेत गरेको छ।


