काठमाडौं — राष्ट्रिय समाचार समिति (रासस) को सञ्चालक समिति अध्यक्षमा सहसचिव उदयबहादुर रानामगर नियुक्त भएका छन्। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको निर्णयअनुसार उनलाई अर्को व्यवस्था नभएसम्मका लागि अध्यक्ष तोकिएको हो।
पदभार ग्रहणपछि उनले सरकारको ‘स्पिरिट’ अनुसार जनताले परिवर्तनको अनुभूति हुने गरी काम गर्न निर्देशन दिए। उनले कर्मचारीको स्पष्ट कार्यविवरण, मूल्यांकन प्रणाली र परिणाममुखी कार्यसंस्कृति आवश्यक रहेको बताए।
रानामगरले राससलाई आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिँदै सेवा सुविधा भन्दा पहिले परिणाम देखिने काममा ध्यान दिन आग्रह गरे। उनले कर्मचारीबारे बनेको नकारात्मक धारणा हटाउन कार्यसम्पादन सुधार गर्नुपर्ने पनि बताए।


