Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > पूर्णबहादुर खड्काको स्पष्टीकरण तामेलीमा राख्ने कांग्रेसको निर्णय

पूर्णबहादुर खड्काको स्पष्टीकरण तामेलीमा राख्ने कांग्रेसको निर्णय

काठमाडौं, वैशाख १६ – नेपाली कांग्रेस ले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का सँग सोधिएको स्पष्टीकरण तामेलीमा राख्ने निर्णय गरेको छ।

पार्टीको केन्द्रीय अनुशासन समितिको बैठकले खड्काको पदीय जिम्मेवारीसम्बन्धी स्पष्टीकरणको औचित्य समाप्त भएको निष्कर्ष निकालेको हो। कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलाल का अनुसार सर्वोच्च अदालतको वैशाख ४ गतेको फैसलापछि उक्त स्पष्टीकरण आवश्यक नरहेको ठहर गरिएको छ।

यसअघि वैशाख २ मा बसेको अनुशासन समितिको बैठकले खड्कासँग स्पष्टीकरण सोधेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *