दक्षिण कोरियाको एक अदालतले पूर्वराष्ट्रपति युन सुक योललाई उत्तर कोरियामा ड्रोन पठाएको अभियोगमा ३० वर्षको जेल सजाय सुनाएको छ।
अदालतले उनलाई पदको दुरुपयोग र शत्रु राष्ट्रलाई सहयोग गरेको आरोपमा दोषी ठहर गरेको हो। सोही मुद्दामा पूर्वरक्षामन्त्री किम योङ ह्यनलाई पनि ३० वर्षकै सजाय सुनाइएको छ।
यो मुद्दा सन् २०२४ मा उत्तर कोरियाले दक्षिण कोरियामाथि ड्रोन घुसपैठको आरोप लगाएपछि सुरु भएको विवादसँग सम्बन्धित छ। युनले भने सबै आरोप अस्वीकार गर्दै आएका छन् र फैसला विरुद्ध पुनरावेदन गर्न सक्ने बताइएको छ।


