Friday, June 12, 2026
Home > राष्ट्रिय समाचार > कर दर विवादमा अर्थमन्त्री वाग्लेको पक्षमा रास्वपाको समर्थन

कर दर विवादमा अर्थमन्त्री वाग्लेको पक्षमा रास्वपाको समर्थन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको बचाउ गर्दै उनीमाथि उठाइएका आरोपलाई अस्वीकार गरेको छ।

प्रतिनिधिसभा बैठकमा बोल्दै रास्वपा सांसद खगेन्द्र सुनारले बजेट निर्माण र करका दर हेरफेर संवैधानिक तथा कानुनी प्रक्रियाअनुसार भएको दाबी गरे। उनले अनावश्यक विवाद सिर्जना गरिएको भन्दै अर्थमन्त्रीमाथि व्यक्तिगत आक्रमण भइरहेको टिप्पणी गरे।

रास्वपाले बजेटसम्बन्धी आरोपहरू तथ्यहीन भएको दाबी गर्दै अर्थमन्त्रीको पक्षमा स्पष्ट अडान लिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *