Friday, June 05, 2026
Home > आर्थिक समाचार > पेट्रोलियम पदार्थमा भन्सार र पूर्वाधार कर ५०% घटाइयो

पेट्रोलियम पदार्थमा भन्सार र पूर्वाधार कर ५०% घटाइयो

काठमाडौं — सरकारले पेट्रोलियम पदार्थमा भन्सार महसुल र पूर्वाधार कर ५० प्रतिशत घटाएको छ।

छुटअघि पेट्रोलमा भन्सार २५.२३ रुपैयाँ, भ्याट २३.२४ रुपैयाँ, पूर्वाधार कर १० रुपैयाँ, सडक मर्मत ४ रुपैयाँ, मूल्य स्थिरीकरण कोष २.०२ रुपैयाँ, प्रदूषण कर १.५० रुपैयाँ र हरित कर १ रुपैयाँ लाग्थ्यो।

डिजेलमा कुल कर ४९.२८ रुपैयाँ, एलपी ग्यासमा ३२४.९५ रुपैयाँ र हवाई इन्धनमा ३४.४८ रुपैयाँ थियो।

यस निर्णयले इन्धनमा करको भार आधा घट्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *