पोखरा महानगरपालिकाले अतिक्रमित सार्वजनिक जग्गा खाली गर्न ३५ दिने अल्टिमेटम दिएको छ।
महानगरले वैशाख ३ गतेको कार्यपालिका निर्णयअनुसार नगर क्षेत्रभित्रका ऐलानी, पर्ती तथा सार्वजनिक जग्गामा बनाइएका अनधिकृत संरचना हटाउन निर्देशन जारी गरेको हो।
सूचनामा पहुँचका आधारमा कब्जा गरिएका जग्गामा बनेका घर, कार्यालय र अन्य संरचना ३५ दिनभित्र स्वयं हटाउन आग्रह गरिएको छ। समयसीमाभित्र खाली नगरिए कानुनी प्रक्रिया अनुसार महानगरले आफैं हटाई खर्च असुल गर्ने चेतावनी पनि दिएको छ।
महानगरले सार्वजनिक सम्पत्ति संरक्षणमा सबै नगरवासीको सहयोग आवश्यक रहेको जनाएको छ।


