Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > प्रतिनिधिसभाका नयाँ सचिव अधिकारीले लिए शपथ

प्रतिनिधिसभाका नयाँ सचिव अधिकारीले लिए शपथ

काठमाडौं । प्रतिनिधिसभाका नवनियुक्त सचिव प्रकाश अधिकारीले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन्।

सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा आयोजित कार्यक्रममा सभामुख डोलप्रसाद अर्यालले उनलाई शपथ गराएका हुन्।

राष्ट्रपति रामचन्द्र पौडेलले सभामुखको सिफारिसमा अधिकारीलाई प्रतिनिधिसभाको सचिवमा नियुक्त गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *