काठमाडौं । थाइल्यान्डस्थित नेपाली दूतावासले दक्षिणपूर्वी एसियाका अनलाइन स्क्यामिङ सेन्टरमा नेपालीलाई पठाउने २३५ भन्दा बढी संदिग्ध मानव तस्करको नाम अनुसन्धान तथा कारबाहीका लागि नेपाल प्रहरीलाई पठाएको छ।
चालु आर्थिक वर्षमा कम्बोडिया, म्यानमार, लाओस र थाइल्यान्डबाट करिब ७०० नेपालीको उद्धार गरिएको छ। पीडितहरूले स्क्यामिङ सेन्टरमा बन्धक बनाएर लामो समय काम गराइने र विभिन्न यातना दिने गरेको बताएका छन्। प्रहरीले प्राप्त विवरणका आधारमा अनुसन्धान अघि बढाएको जनाएको छ।


