काठमाडौं । सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममाथि आजदेखि प्रतिनिधिसभामा छलफल सुरु हुँदैछ।
राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार संघीय संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। आजको बैठकमा दलगत प्रतिनिधित्वका आधारमा सांसदहरूले आफ्नो धारणा राख्ने संसद् सचिवालयले जनाएको छ।
नीति तथा कार्यक्रममाथिको छलफलपछि पूर्वबजेट छलफल हुने सम्भावना रहेको छ। सरकारले जेठ १५ गते नयाँ बजेट प्रस्तुत गर्ने तयारी गरेको छ।


