Friday, June 05, 2026
Home > मुख्य समाचार > प्रतिनिधिसभा नियमावली संशोधनको माग

प्रतिनिधिसभा नियमावली संशोधनको माग

सांसदहरूले प्रस्तावित प्रतिनिधिसभा नियमावलीको नियम २५९ संशोधन गर्न माग गरेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश पराजुली नेतृत्वको समितिले तयार पारेको उक्त व्यवस्थाले नियमावलीलाई संघीय कानुनसरह मान्ने उल्लेख गरेको छ।

यसप्रति विभिन्न दलका सांसदहरूले आपत्ति जनाउँदै नियमावली संविधान र कानुनभन्दा माथि हुन नसक्ने बताएका छन्। साथै, संसदीय समितिमा मन्त्री अनिवार्य उपस्थित हुनुपर्ने माग पनि उठाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *