विराटनगर — प्रधानमन्त्री बालेन्द्र शाह विरुद्ध अपमानजनक सामग्री बनाएको आरोपमा एक युट्युबर पक्राउ परेका छन्। पाँचथरको फाल्गुनन्द गाउँपालिका–७ का रोशन पोखरेललाई नेपाल प्रहरी ले पक्राउ गरेको हो। उनले ‘Hades’ नामक युट्युब च्यानलमार्फत प्रधानमन्त्रीलाई गाली गर्दै भिडियो बनाएको आरोप छ।


