Friday, June 05, 2026
Home > खेलकुद समाचार > प्रधानमन्त्री कप : एपीएफको जित, कोसीको सातौँ हार

प्रधानमन्त्री कप : एपीएफको जित, कोसीको सातौँ हार

प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा एपीएफ क्लबले कोसी प्रदेशलाई ५ रनले हराएको छ। २२६ रनको लक्ष्य पछ्याएको कोसी २२० रनमै समेटियो।

एपीएफका अभिषेक गौतमले ४ विकेट लिए भने ब्याटिङमा सन्दीप जोरा र सुमित महर्जनले अर्धशतक बनाए।

कोसीका लागि अंकित सुवेदी (७२) र सुमन श्रेष्ठ (६५) ले राम्रो प्रदर्शन गरे पनि टोलीलाई जित दिलाउन सकेनन्। यो हारसँगै कोसीले लगातार सातौँ हार बेहोरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *