Friday, June 05, 2026
Home > खेलकुद समाचार > प्रधानमन्त्री कप फाइनल : सुदूरपश्चिमले आर्मीलाई १६२ रनको लक्ष्य दियो

प्रधानमन्त्री कप फाइनल : सुदूरपश्चिमले आर्मीलाई १६२ रनको लक्ष्य दियो

काठमाडौं– प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटको फाइनलमा सुदूरपश्चिम प्रदेशले त्रिभुवन आर्मी क्लबलाई जितका लागि १६२ रनको लक्ष्य दिएको छ।

वीरगन्जस्थित नारायणी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिमले ३९.४ ओभरमा सबै विकेट गुमाउँदै १६१ रन बनाएको हो। अशोक धामीले ४३ र किरण ठगुन्नाले ३५ रनको योगदान गरे।

आर्मीका आकाश चन्द र साहब आलमले समान ३–३ विकेट लिए। अब आर्मी उपाधि जित्न १६२ रनको लक्ष्य पछ्याउनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *