Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > बालेनविरुद्ध अवहेलना मुद्दा : वारेस निवेदनमा सुनुवाइ सकियो, आदेश आउन बाँकी

बालेनविरुद्ध अवहेलना मुद्दा : वारेस निवेदनमा सुनुवाइ सकियो, आदेश आउन बाँकी

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)विरुद्ध दायर अदालतको अवहेलना मुद्दामा वारेस (प्रतिनिधि) सम्बन्धी निवेदनमाथिको सुनुवाइ सर्वोच्च अदालतमा सकिएको छ।

न्यायाधीश हरिप्रसाद फुयाँल र शान्तिसिंह थापाको इजलासमा भएको सुनुवाइपछि अब आदेश आउने तयारी भएको छ। बालेनले वारेस राख्न अनुमति माग गर्दै निवेदन दिएका थिए।

यसअघि सर्वोच्चले उनलाई स्वयं उपस्थित हुनुपर्ने आदेश दिएको थियो, जसअनुसार उनी आफैं अदालतमा हाजिर हुँदै आएका छन्।

उक्त मुद्दा २०८० मा अधिवक्ताले दायर गरेकी थिइन्, जसमा बालेनको सामाजिक सञ्जाल अभिव्यक्तिले अदालतको अवहेलना भएको दाबी गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *