Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > प्रधानमन्त्री शाहको प्रेस विज्ञमा दिपा दाहाल नियुक्त

प्रधानमन्त्री शाहको प्रेस विज्ञमा दिपा दाहाल नियुक्त

काठमाडौं, २० चैत – प्रधानमन्त्री बालेन्द्र शाहको प्रेस तथा अनुसन्धान विज्ञ पदमा पत्रकार तथा लेखक दिपा दाहाल नियुक्त भएकी छन्।

दाहालले दुई दशकभन्दा लामो समयदेखि पत्रकारिता र प्राज्ञिक क्षेत्रमा अनुभव सँगालेकी छन्। नयाँ जिम्मेवारी अनुसार उनी प्रधानमन्त्रीको सञ्चार रणनीति, मिडिया व्यवस्थापन र अनुसन्धान कार्यमा संलग्न हुने छिन्।

उनको नियुक्ति भ्रष्टाचार नियन्त्रण, सुशासन र सामाजिक न्याय क्षेत्रमा अनुभवलाई सरकारी नीतिमा समेट्नका लागि गरिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *