झापा — कोशी प्रदेशका मोरङ, सुनसरी र झापामा बर्ड फ्लू (एच५एन१) संक्रमण फैलिँदा करिब ८५ हजार कुखुरा नष्ट गरिएको छ।
पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयका अनुसार २२ व्यावसायिक फार्ममा संक्रमण पुष्टि भएपछि कुखुरासहित अण्डा, दाना र अन्य सामग्री पनि नष्ट गरिएको हो।
संक्रमण फैलिन नदिन पंक्षीजन्य वस्तुको ओसारपसारमा रोक लगाउँदै उच्च सतर्कता अपनाइएको छ।


