Thursday, June 04, 2026
Home > खेलकुद समाचार > फिफा विश्वकप २०२६ का लागि १७० रेफ्री चयन

फिफा विश्वकप २०२६ का लागि १७० रेफ्री चयन

काठमाडौं, २७ चैत – फिफाले २०२६ को विश्वकपका लागि १७० रेफ्रीको सूची सार्वजनिक गरेको छ। तीन वर्षको छनोट प्रक्रियापछि ५० देशबाट ५२ रेफ्री, ८८ सहायक रेफ्री र ३० भिडियो म्याच अफिसियल छनोट भएका हुन्। यसपटक ६ जना महिला रेफ्री पनि समावेश छन्। नयाँ प्रविधिको प्रयोगमा फ्यानहरूले रेफ्रीको शरीरमा जडान गरिएको क्यामेरा बाट मैदानको दृश्य हेर्न पाउनेछन्। छानिएका रेफ्रीलाई मे ३१ मा मियामीमा विशेष प्रशिक्षण दिइनेछ। विश्वकप २०२६ संयुक्त रुपमा अमेरिका, क्यानडा र मेक्सिकोमा आयोजना हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *