रूपन्देही, २७ चैत – नेकपा (एमाले) दाङले घोराही उपमहानगरपालिका–४ का वडाध्यक्ष मधुसुदन घिमिरे (मुनाल)लाई पार्टीबाट निष्कासित गरेको छ।
चैत २४ गतेको जिल्ला कमिटी बैठकले घिमिरेले पार्टी महासचिव शंकर पोखरेलविरुद्ध गतिविधि सञ्चालन गरेको निष्कर्ष निकाल्दै उनलाई साधारण सदस्यसमेत नरहने गरी निष्कासित गर्ने निर्णय गरेको हो। पार्टीको हितविपरीत गतिविधिमा संलग्न भएको भन्दै अनुशासनका आधारमा कारबाही गरिएको टीका बस्नेतले जानकारी दिए।


