Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > फिर्के खोला अतिक्रमण हटाउन आजदेखि अभियान सुरु

फिर्के खोला अतिक्रमण हटाउन आजदेखि अभियान सुरु

पोखरा महानगरपालिकाले फिर्के खोलाको खोलाघर अतिक्रमण गरेर बनाइएका संरचना हटाउन आजदेखि डोजर परिचालन गर्ने भएको छ। अभियानको सुरुआत मेयर धनराज आचार्यले गर्नेछन्।

महानगरले यसअघि संरचना हटाउन अल्टिमेटम दिएको थियो। अतिक्रमणका कारण फिर्केखोला साँघुरिँदै गएको र फोहोर विसर्जनस्थल बनेको भन्दै महानगरले खोलाघर खाली गरी ‘फिर्के करिडोर’ परियोजना अघि बढाउने जनाएको छ।

महानगरको प्रतिवेदनअनुसार खोलाघरभित्र १६० भन्दा बढी संरचना बनेका छन् भने केही स्थानमा ४० मिटर चौडाइको खोला तीन मिटरसम्म खुम्चिएको पाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *