Thursday, June 04, 2026
Home > मनोरञ्जन समाचार > फोस्फेन्सको ‘स्लिप अन द ग्रास’ : अन्तर्राष्ट्रिय बजारतर्फ १० वर्षे संगीत यात्राको नयाँ कदम

फोस्फेन्सको ‘स्लिप अन द ग्रास’ : अन्तर्राष्ट्रिय बजारतर्फ १० वर्षे संगीत यात्राको नयाँ कदम

काठमाडौं — नेपाली ब्यान्ड फोस्फेन्सले १० वर्षे संगीत यात्राको प्रतिबिम्ब

मानिने नयाँ एल्बम ‘स्लिप अन द ग्रास’ सार्वजनिक गर्ने तयारी गरेको छ। १४ गीत समावेश एल्बममा अस्तित्ववाद, पुँजीवाद र पहिचानजस्ता विषय उठाइएको छ।

प्रज्वल अर्याल र अभिषेक पोखरेलद्वारा सिर्जित यो एल्बममा ड्रीम पप, इन्डी फोक र प्रयोगात्मक ध्वनि समेटिएको छ। अधिकांश गीत अंग्रेजीमा भए पनि केही नेपाली गीत पनि छन्, जसले अन्तर्राष्ट्रिय दर्शकलाई लक्ष्य गरेको देखिन्छ।

‘यस्तै नै होला’ जस्ता गीतबाट चिनिएको ब्यान्डले सामाजिक सञ्जाल र सहकार्यलाई मुख्य माध्यम बनाउँदै अन्तर्राष्ट्रिय श्रोतासम्म पुग्ने प्रयास गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *