झापाको बाह्रदशी गाउँपालिका–२ बुट्टाबारीमा जंगली च्याउ खाँदा एकै परिवारका ११ जना बिरामी परेका छन्।
स्थानीय तेजबहादुर खवासको परिवारले जंगलबाट ल्याएको च्याउ पकाएर खाएपछि आइतबार बिहान उनीहरूमा स्वास्थ्य समस्या देखिएको हो। बिरामीमध्ये बालबालिका सहित ११ जना रहेका छन्।
उनीहरूलाई सुरुमा प्रादेशिक अस्पताल भद्रपुर लगिएको थियो भने थप उपचारका लागि ९ जनालाई दमकस्थित बाल अस्पताल रिफर गरिएको छ। दुई जनाको अवस्था मध्यम रहेको र अन्यको अवस्था सामान्य रहेको बताइएको छ।
चिकित्सकहरूले वर्षायाममा उम्रिने जंगली च्याउ विषालु हुन सक्ने भन्दै पहिचान नगरी सेवन नगर्न चेतावनी दिएका छन्।


