Friday, June 05, 2026
Home > अन्तराष्ट्रिय समाचार > फ्रान्सले अमेरिकाबाट १२९ टन सुन फिर्ता गर्यो

फ्रान्सले अमेरिकाबाट १२९ टन सुन फिर्ता गर्यो

काठमाडौँ — बैंक अफ फ्रान्सले अमेरिकामा रहेको १२९ टन सुन पेरिसस्थित केन्द्रीय बैंकमा फिर्ता मगाएको छ। यो फ्रान्सको कुल सुन भण्डारको करिब ५% हो र यसबाट १२.८ अर्ब युरोको पुँजीगत लाभ भएको बताइएको छ।

सुन न्युयोर्कबाट फिर्ता ल्याउने कदमलाई डलर संकट र बढ्दो भू–राजनीतिक तनावसँग जोडिएको छ। वित्तीय विश्लेषकहरूका अनुसार यसले अन्य देशमा पनि सुन भण्डार सुरक्षित गर्ने “डोमिनो इफेक्ट” सुरु गर्न सक्छ।

फ्रान्सले २६ वटा कारोबारमार्फत सुन फिर्ता ल्याएको छ र यसले सन् २०२५ को घाटापछि सन् २०२६ मा ठूलो नाफा सुनिश्चित गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *