Monday, June 15, 2026
Home > मुख्य समाचार > बंगलादेशमा बिजुली निर्यात सुरु, पाँच महिनामा १ अर्ब ४० करोडभन्दा बढी आम्दानी हुने

बंगलादेशमा बिजुली निर्यात सुरु, पाँच महिनामा १ अर्ब ४० करोडभन्दा बढी आम्दानी हुने

काठमाडौं । नेपालले आजदेखि बंगलादेशमा ४० मेगावाट विद्युत् निर्यात सुरु गरेको छ। यो निर्यात नोभेम्बर १५ सम्म जारी रहनेछ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार ४० मेगावाट विद्युत् बिक्रीबाट पाँच महिनामा करिब १ अर्ब ४३ करोड रुपैयाँ आम्दानी हुने अनुमान छ। भारतको प्रसारण संरचना प्रयोग गरेर भइरहेको यो विद्युत् व्यापार नेपालका लागि विदेशी मुद्रा आर्जनको महत्वपूर्ण स्रोत बन्दै गएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *