काठमाडौं — बझाङको रायाल आसपास केन्द्रबिन्दु भएर सोमबार दिउँसो १:१४ बजे ४.१ म्याग्निच्युडको भूकम्प गएको छ।
यसअघि आजै बिहान दार्चुलामा ४.२ म्याग्निच्युडको भूकम्प गएको थियो। हालसम्म कुनै क्षतिको विवरण आएको छैन।
नेपाल हिमालय क्षेत्रमा पर्ने भएकाले यस्ता साना–ठूला भूकम्प बारम्बार आउने गरेका छन्।


