विराटनगर । कोसी प्रदेश सरकारले पहाडी र हिमाली क्षेत्रबाट बढ्दो बसाइँसराइ रोक्न साना सहर विकास योजना अघि सारेको छ।
आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, खानेपानी, रोजगारी र आयआर्जनका अवसर विस्तार गर्दै न्यूनतम पूर्वाधारसहित दिगो बसोबास सुनिश्चित गर्ने योजना समेटिएको छ।
प्रदेश सरकारले अन्तरप्रदेश समन्वय बढाउन मुख्यमन्त्री सम्मेलन आयोजना गर्ने घोषणा पनि गरेको छ।


