Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > बादलका तीन शब्द संसद्को रेकर्डबाट हटाइयो

बादलका तीन शब्द संसद्को रेकर्डबाट हटाइयो

काठमाडौं । प्रतिनिधिसभामा नेकपा एमालेका नेता रामबहादुर थापा बादलले प्रयोग गरेका तीन वटा असंसदीय शब्द संसद्को रेकर्डबाट हटाइएको छ।

सभामुख डोलप्रसाद अर्यालले नियमावली उल्लंघन भएको भन्दै ती शब्द हटाउन संसद् सचिवालयलाई निर्देशन दिएका हुन्।

संसद् अभिलेखबाट ‘अराजकहरूको भिड’, ‘देश जलाउनेहरू’ र ‘नेपाली सेना मूकदर्शक’ जस्ता शब्द हटाइएको जानकारी दिइएको छ।

यसबारे एमाले सांसदहरूले स्पष्टता माग गरेका छन् भने केही सांसदले अन्य असंसदीय शब्दहरू पनि हटाउनुपर्ने माग गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *