काठमाडौं । रास्वपा सांसद गणेश पराजुलीले कायममुकायम प्रधानन्यायाधीशलाई लक्षित गर्दै दिएको अभिव्यक्तिप्रति नेपाल बार एशोसिएसनले कडा आपत्ति जनाएको छ।
बारले उक्त अभिव्यक्तिलाई “निरंकुशताको बीजारोपण” भन्दै सभामुख डोलप्रसाद अर्यालको ध्यानाकर्षण गराएको हो। बारका अनुसार संसदमा न्यायालय र न्यायाधीशबारे गरिएको टिप्पणीले गलत सन्देश दिने र संवैधानिक मर्यादा उल्लंघन गर्ने जोखिम हुन्छ।
बारले संविधानको धारा १०५ र सर्वोच्च अदालतको पूर्वनजीरसमेत स्मरण गराउँदै न्यायपालिकाको कामकारबाहीमा असर पर्ने अभिव्यक्ति रोक्न सभामुखसँग आग्रह गरेको छ।


