स्वतन्त्र कानुन व्यवसायी मञ्चले नेपाल बार एसोसिएसनका अध्यक्ष डा. विजयप्रसाद मिश्रको अभिव्यक्तिप्रति आपत्ति जनायो।
गत चैत ७ गते महिला कानुन व्यवसायी सम्मेलनमा अध्यक्ष मिश्रले ‘दुई तिहाइको सरकारसँग पोजिसन लिन्छौँ’ भनेका थिए, जसलाई मञ्चले संविधान र बार विधान विपरीत ठहर गर्यो।
मञ्चले अध्यक्षलाई संविधान, बार विधान र आफ्नो सीमाभित्र रहन सचेत गराउँदै जनमतको सम्मान गर्न आग्रह गरेको छ।


