काठमाडौं — सोमबार नेप्से परिसूचक ५.०१ अंकले बढेर २,९३६ अंकमा पुगेको छ। बजार दिनभर उतारचढावमा रहँदा अन्तिम समयमा सकारात्मक रहे पनि कारोबार रकम घटेर १५ अर्ब ७८ करोडमा सीमित भयो।
१०२ कम्पनीको मूल्य बढ्दा १५४ कम्पनीको घटेको छ। उत्पादन तथा प्रशोधन समूह सबैभन्दा धेरै १.५३% बढ्यो भने बैंकिङ, होटल–पर्यटन र बीमा समूहमा गिरावट आएको छ।
रिलायन्स स्पिनिङ मिल्स, साल्पा विकास बैंक, सोलु र भुजुङ हाइड्रोपावर, मनकामना इन्जिनियरिङ हाइड्रोपावर र होटल फरेस्टको मूल्य १०% ले बढेको छ। फस्र्ट माइक्रोफाइनान्स, आशा लघुवित्त र मेरो माइक्रोफाइनान्स पनि ८–९% ले बढे।
सिन्धु विकास बैंकको मूल्य सबैभन्दा धेरै ३.२३% ले घटेको छ। कारोबारमा कुमारी बैंक, शिवम् सिमेन्ट, नेसनल हाइड्रोपावर, एनआरएन इन्फ्रास्ट्रक्चर र ङादी ग्रुप प्रमुख रहेका छन्।


