काठमाडौं — लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मा लाई बालिकामाथि श्रमशोषणको आरोपमा पक्राउ गरी सरकारी वकिलको कार्यालयबाट म्याद थपका लागि जिल्ला अदालत काठमाडौं लगिएको छ।
शर्मालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान टोलीले धुम्बाराहीबाट पक्राउ गरेको थियो। २०८१ जेठ १४ गते काठमाडौं महानगरपालिकाले उनी घरमा घरेलु कामदार बनाएर हिंसा भएको बालिकालाई उद्धार गरेको थियो।


