काठमाडौँ, वैशाख ३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दल बैठकले प्रधानमन्त्री बालेन शाहलाई ‘टाइम’ म्यागेजिनको २०२६ का १०० प्रभावशाली व्यक्तिको सूचीमा समावेश भएकोमा बधाई दिएको छ। बैठकपछि रास्वपा सभापति रवि लामिछानेले बालेनलाई अँगालो हालेर व्यक्तिगत रूपमा बधाई दिए।
प्रधानमन्त्री बालेन ‘हिप-हप कलाकार’बाट राजनीतिमा आएका नेता भनेर ‘टाइम’ले परिचय दिएको छ। उनको भ्रष्टाचार र पुरानो राजनीतिक संरचनाप्रति असन्तुष्ट युवा आन्दोलनको नेतृत्वमा ठूलो प्रभाव परेको उल्लेख गरिएको छ। सूचीमा बालेन १४औं स्थानमा छन्, र यस वर्षको सूचीमा पोप लियो पहिलो स्थानमा छन्।


