Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > नेपाली कम्युनिस्ट पार्टीको बैठक निष्कर्षविहीन, वैशाख ३–४ सम्म स्थगित

नेपाली कम्युनिस्ट पार्टीको बैठक निष्कर्षविहीन, वैशाख ३–४ सम्म स्थगित

नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय कार्य संयोजन समिति बैठक चुनावी हारपछि निष्कर्षमा नपुग्दै स्थगित भएको छ। संयोजक पुष्पकमल दाहाल प्रचण्डको चुनावी समीक्षा प्रतिवेदनमाथि करिब ६ दिन छलफल भए पनि सहमति जुटेन, जसका कारण बैठक वैशाख ३ वा ४ गतेसम्म सारिएको हो।

बैठकमा महाधिवेशन, पार्टी एकता, कार्य विभाजन र संगठन पुनर्गठनबारे फरक–फरक धारणा उठेका छन्। अबको बैठकले महाधिवेशनको मिति, सचिवालय गठन र जिम्मेवारी बाँडफाँटबारे निर्णय गर्ने अपेक्षा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *