बालेन्द्र शाह नेपालका नयाँ प्रधानमन्त्रीमा नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेल ले आज बिहान उनलाई नियुक्त गरेका हुन्।
शाहले आजै दिउँसो शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिने तयारी छ। शपथ समारोहमा राजनीतिक दलका नेता, कूटनीतिक नियोगका प्रतिनिधि र विशिष्ट व्यक्तिहरूलाई आमन्त्रण गरिएको छ।


