सुर्खेत । पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान बालेन शाह नेतृत्वको सरकार सही दिशामा अघि नबढेको बताएका छन्।
वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले सरकारको नियत राम्रो नदेखिएको भन्दै समर्थन गर्नुपर्ने आधार नभएको बताए।
प्रचण्डले सुकुमबासी, विद्यार्थी र श्रमिकका समस्या समाधान नभएको तथा संविधान संशोधनको बहस पारदर्शी नभएको आरोप लगाए। उनले संसद् छलेर अध्यादेश ल्याउने काम “लाजमर्दो” भएको टिप्पणी गर्दै सरकारका गतिविधिविरुद्ध प्रतिवाद जारी रहने चेतावनी दिए।


