Friday, June 05, 2026
Home > अन्तराष्ट्रिय समाचार > हेग अदालतको फैसला पाकिस्तानको पक्षमा, भारतले गर्‍यो अस्वीकार

हेग अदालतको फैसला पाकिस्तानको पक्षमा, भारतले गर्‍यो अस्वीकार

काठमाडौं । नेदरल्यान्ड्सको हेगस्थित मध्यस्थता न्यायालयले सिन्धु जल सम्झौतासम्बन्धी विवादमा पाकिस्तानको पक्षमा फैसला दिएको छ।

भारतले पश्चिमी नदीहरूको पानी व्यवस्थापनमा सम्झौता उल्लंघन गरेको भन्दै पाकिस्तान अदालत पुगेको थियो। अदालतले ‘अधिकतम पानी भण्डारण’सम्बन्धी मुद्दामा पाकिस्तानको दाबीलाई समर्थन गरेको हो।

तर भारतले उक्त अदालतलाई नै “अवैध” भन्दै फैसला अस्वीकार गरेको छ। भारतीय विदेश मन्त्रालयले यसअघि भएका सबै निर्णयझैँ पछिल्लो फैसला पनि मान्य नहुने जनाएको छ।

सन् १९६० को सिन्धु जल सम्झौताअनुसार पाकिस्तानले अधिकांश पश्चिमी नदीको पानी उपयोग गर्ने अधिकार पाएको छ भने भारतलाई सीमित प्रयोगको अनुमति छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *