Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > बालेन सरकारमा पहिलोपटक ३३% महिला मन्त्री

बालेन सरकारमा पहिलोपटक ३३% महिला मन्त्री

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह नेतृत्वको १५ सदस्यीय मन्त्रिपरिषदमा पहिलोपटक ३३ प्रतिशत महिला मन्त्री पुगेका छन्।

सोबिता गौतम कानुनमन्त्री, निशा मेहता स्वास्थ्य मन्त्री, सीता वादी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री, गीता चौधरी कृषि तथा वन मन्त्री र प्रतिभा रावल संघीय मामिला मन्त्रीमा नियुक्त भएका छन्।

५ महिला मन्त्रीले खसआर्य, दलित, मधेसी र थारू समुदायको प्रतिनिधित्व गर्छन्। यसअघि सबभन्दा बढी महिला प्रतिनिधित्व २०७९ मा २६% र भट्टराई सरकारमा २४% मात्र थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *