मङ्गला गाउँपालिका–२ को कोत्रवाङका नवदम्पती प्रकाश खत्री र राधिका धिताल खत्रीले बिहेभोजको खर्च कटाएर आफ्नो टोलमा सडकबत्ती जडान गरेका छन्।
उनीहरूले व्यक्तिगत खर्चमा १७ वटा सडकबत्ती, तार र आवश्यक सामग्री उपलब्ध गराएका हुन्। बत्ती जडानपछि राति हिँडडुल सहज हुनुका साथै चितुवालगायत वन्यजन्तुको आवतजावत पनि घटेको स्थानीयले बताएका छन्।
स्वचालित सडकबत्ती जडान भएपछि कोत्रवाङका २२ घरपरिवार लाभान्वित भएका छन्।


