काठमाडौं । अविरल वर्षाका कारण बीपी राजमार्ग का विभिन्न स्थानमा सडक क्षति भएपछि सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको छ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार गएरातिको भारी वर्षाले सडक बिग्रिएको हो। यात्रुहरूलाई उक्त मार्ग प्रयोग नगर्न र वैकल्पिक बाटो अपनाउन आग्रह गरिएको छ।


