साताको पहिलो दिन सोमबार सेयर बजार ७.७३ अङ्कले बढ्दै नेप्से परिसूचक २७९६ विन्दुमा पुगेको छ।
बजार सुधार भए पनि कारोबार रकम घटेर ४ अर्ब ७४ करोड रुपैयाँमा सीमित भएको छ। कुल १५७ कम्पनीको सेयर मूल्य बढ्दा १०२ कम्पनीको घटेको छ।
उत्पादन, विकास बैंक र होटल–पर्यटन समूहमा वृद्धि देखिएको छ भने हाइड्रोपावर र व्यापार समूहमा गिरावट आएको छ।


