नेपाल बीमा प्राधिकरणले बीमा ऐन २०७९ उल्लङ्घन गर्ने ८ बीमा कम्पनीमाथि कारबाही गरेको छ। नियम नमान्ने कम्पनीहरूलाई जरिवाना, चेतावनी र निलम्बनसम्मका कदम चालिएको प्राधिकरणले जनाएको छ।
कारबाहीमा नेपाल लाइफ इन्स्योरेन्स, एसियन लाइफ इन्स्योरेन्स लगायतका कम्पनीहरू परेका छन्। अधिकांश कम्पनीलाई जनही २ लाख रुपैयाँ जरिवाना गरिएको छ।
यस्तै, नेपाल पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतलाई सुधारका लागि निर्देशन दिइएको छ भने एलियन्ट इन्स्योरेन्स ब्रोकरलाई तीन महिनाका लागि निलम्बन गरिएको छ।
प्राधिकरणले कानुनको पालना नगरे कडा कारबाही जारी रहने चेतावनी दिँदै बीमा क्षेत्रलाई अनुशासित बनाउन यस्तो कदम चालिएको जनाएको छ।


