Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > बुटवलको दरबार मार्गमा अतिक्रमण हटाउन सुरु, व्यवसायी आफैंले खाली गर्दै छाप्रा

बुटवलको दरबार मार्गमा अतिक्रमण हटाउन सुरु, व्यवसायी आफैंले खाली गर्दै छाप्रा

बुटवल, वैशाख १३ — बुटवल उपमहानगरपालिकाले अतिक्रमित सरकारी जग्गा खाली गराउन थालेपछि दरबार मार्ग क्षेत्रमा रहेका व्यवसायीहरूले आफ्ना छाप्रा र टहरा आफैं हटाउन थालेका छन्।

उच्च अदालत तुलसीपुर बुटवल इजलास को अनुरोधमा उपमहानगरपालिकाले उक्त जग्गा खाली गराउने प्रक्रिया अघि बढाएको हो। जेसिज चोक आसपासको करिब २ बिघा बढी क्षेत्रफलमा बनेका अनधिकृत संरचना हटाइँदै छ, र आवश्यक परे डोजर प्रयोग गर्ने तयारी गरिएको छ।

लामो समयदेखि अतिक्रमणमा परेको उक्त जग्गामा १५ भन्दा बढी व्यक्तिले व्यापारिक प्रयोजनका लागि टहरा बनाएका थिए। यसअघि पनि पटक–पटक सूचना जारी भए पनि कार्यान्वयन हुन सकेको थिएन।

हाल अदालतको पहलपछि जग्गा संरक्षण प्रक्रिया सक्रिय बनेको छ भने बाँकी क्षेत्रको खोजबिन र व्यवस्थापनका लागि थप कदम चालिने जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *