काठमाडौं । ब्राजिलले विश्वकपमा उत्कृष्ट प्रदर्शनका लागि आधुनिक ‘स्मार्ट भेस्ट’ प्रविधिको प्रयोग गरिरहेको छ। खेलाडीले जर्सीभित्र लगाउने यो उपकरणले दौडको गति, मुटुको धड्कन, थकान र शारीरिक अवस्थाबारे तथ्यांक संकलन गर्छ।
संकलित जानकारीले प्रशिक्षक टोलीलाई खेलाडीको फिटनेस मूल्याङ्कन, चोटको जोखिम पहिचान र रणनीतिक निर्णय लिन सहयोग पुर्याउने विश्वास गरिएको छ। ब्राजिलका अनुसार प्रविधि निर्णयको विकल्प नभई प्रशिक्षकको कामलाई थप प्रभावकारी बनाउने माध्यम हो।
विश्वकपभर ब्राजिलका खेलाडीले यो स्मार्ट भेस्ट प्रयोग गर्नेछन्, जसले टोलीलाई खेलाडीको वास्तविक अवस्था बुझ्न र उत्कृष्ट टोली छनोट गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ।


