काठमाडौं । स्पेसएक्स शेयर बजारमा सूचीकृत भएसँगै उसका संस्थापक एलन मस्क विश्वकै पहिलो ट्रिलिनियर बनेका छन्। कम्पनीको मूल्यांकन २.२ ट्रिलियन डलर पुगेपछि मस्कको कुल सम्पत्ति करिब १.११ ट्रिलियन डलर पुगेको बताइएको छ।
स्पेसएक्समा रहेको उनको ४२ प्रतिशत स्वामित्व हिस्सा को मूल्य मात्रै सयौं अर्ब डलर पुगेको छ। यससँगै उनले विश्वकै धनी व्यक्तिको स्थान अझ बलियो बनाएका छन्।
मस्कको सम्पत्ति केही देशहरूको वार्षिक कुल गार्हस्थ्य उत्पादन (जीडीपी) बराबर पुगेको भन्दै सम्पत्ति असमानता र धनीमाथिको कर सम्बन्धी बहस पुनः चर्किएको छ।


