Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > भक्तपुरको च्यामङसिह–ताथली–नाला सडकमा दुर्घटना न्यूनिकरणको पहल

भक्तपुरको च्यामङसिह–ताथली–नाला सडकमा दुर्घटना न्यूनिकरणको पहल

भक्तपुर, ११ चैत — च्यामङसिह–ताथली–नाला सडकमा दैनिक दुर्घटना बढेपछि सुरक्षा निकाय र स्थानीय प्रतिनिधिहरूले अनुगमन गरेर सुधारका उपाय खोज्न थालेका छन्। सडकमा अत्यधिक सवारी चाप र तीव्र गतिका कारण दुर्घटना बढेको निष्कर्ष आएपछि प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालको निर्देशनमा ट्राफिक प्रहरी परिचालन, सीसीक्यामेरा र सडक बत्ती जडान गर्न पहल सुरु गरिएको छ।

स्थानीय वासिन्दा र उद्योग संचालकले सडकमा सवारी नियन्त्रण र दुर्घटना न्यूनीकरणका लागि सतर्कता बढाउन सुझाव दिएका छन्। प्रजिअ ढकालले सरोकारवालासहित बैठक बोलाएर तत्काल कदम चाल्न निर्देशन दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *