काठमाडौं । सरकारले सुकुम्वासी बस्ती हटाउने क्रममा प्रभावित परिवारलाई तत्काल पुनःस्थापनाका लागि पाँच विकल्प सार्वजनिक गरेको छ।
प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयका अनुसार जायजेथा नभएकाहरूलाई मानवीय आधारमा यी विकल्प दिइएका हुन्।
विकल्पहरूमा नागार्जुन (इचंगु)का ४२ आवास युनिट, कीर्तिपुरको सत्सङ भवन, भक्तपुरको बोडेस्थित कृषि विकास बैंक तालिम केन्द्र तथा खरीपाटी र चाँदबागका सरकारी भवन र खाली जग्गा समावेश छन्।


