काठमाडौं । सुधन गुरुङ गृहमन्त्री बनेपछि व्यापारी दीपक भट्टसँगको व्यावसायिक सम्बन्धका कारण लगातार विवादमा तानिएका छन्।
भट्टसँगको नजिकको सम्बन्ध, स्मार्ट माइक्रोफाइनान्समा सेयर लगानी र सम्पत्ति विवरणबारे उठेका प्रश्नले उनलाई राजनीतिक र नैतिक दबाबमा पारेको छ।
यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी भित्र आन्तरिक छलफल तीव्र बनेको छ र आवश्यक परे कारबाहीको सम्भावना पनि देखिएको छ।
गुरुङले पार्टी नेतृत्वसँग भेटवार्ता गरे पनि विवाद चर्किँदै जाँदा उनको राजनीतिक भविष्यबारे अनिश्चितता बढेको छ।


