काठमाडौं । नेपाल विद्युत् प्राधिकरणसँग सम्बन्धित बहुचर्चित ट्रान्सफर्मर घोटाला काण्ड मुद्दा सर्वोच्च अदालतमा सुनुवाइका लागि पेसीमा परेको छ।
मुद्दाको सुनुवाइ न्यायाधीश शारंगा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासमा हुँदैछ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कमसल ट्रान्सफर्मर आयात गरी राज्यलाई करोडौँ नोक्सान पुर्याएको भन्दै मुद्दा दायर गरेको थियो। यसअघि विशेष अदालतले केहीलाई दोषी ठहर गर्दै जरिवाना र कैद सजाय सुनाइसकेको थियो।


