Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > भदौ २३ र २४ गतको घटनाको विषयमा बनाइएको प्रतिवेदन अध्ययन गरेर सरकार प्रक्रियागत रुपमा अघि बढ्नुपर्नेमा जोड

भदौ २३ र २४ गतको घटनाको विषयमा बनाइएको प्रतिवेदन अध्ययन गरेर सरकार प्रक्रियागत रुपमा अघि बढ्नुपर्नेमा जोड

कोशी प्रदेशका सामाजिक विकास मन्त्री रामप्रसाद मेहताले भदौ २३ र २४ गतको घटनाको विषयमा बनाइएको प्रतिवेदन अध्ययन गरेर सरकार प्रक्रियागत रुपमा अघि बढ्नुपर्नेमा जोड दिनु भएको छ। तत्कालिन प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र तत्कालिन गृहमन्त्री रमेश लेखकको पक्राउको विषयमा मन्त्री मेहताले सरकारले काम गर्न हतारो गरेको बताउनु भएको हो। विराटनगरमा शनिबार पत्रकारसंग कुरा गर्दै मन्त्री मेहताले सरकार गठन भएसंगै नेताहरुलाई कार्वाही गरिनु हतारो भएको बताउनु भएको हो। मन्त्री मेहताले भने, ‘सरकार गठन भएसंगै तत्कालै हिजो गठन भएको आजै जुन हिसाबले अघि बढेको त्यो हतारो भएको हो । सरकारले विषय बुझेर अध्ययन गरेर प्रक्रियासंगत अघि बढ्नुपथ्र्यो।’

गलत कसैले गरेको हुँदा दण्डित हुनुपर्ने बताउनु भएका मन्त्री मेहताले भने, ‘विधिको शासन छ, संवैधानिक राज्य छ । संविधान अनुसार लोकतन्त्रको सीमाभित्रको सरकार छ । सोही संविधान अनुसार सरकार चलेको छ। सरकारले जुन सुरुवात गरेको छ, त्यो अलि हतार गरेजस्तो देखियो। यसमा अध्ययन साथ अघि बढ्दा राम्रो हुने हो। ’

Leave a Reply

Your email address will not be published. Required fields are marked *